Logo
Logo

नेपाल समूहले बोलायो केन्द्रीय कमिटी बैठक


दृष्टि संवाददाता


काठमाडाैं । नेकपा एमालेको माधव– झलनाथ समूहले केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष समेत रहेका केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएकै समयमा माधव–झलनाथ समूहले केन्द्रीय कमिटी बोलाएको हो ।

शुक्रबार बिहान ११ बजे कलंकीस्थित एक पार्टी प्यालेसमा बस्ने बैठकमा पार्टीको पछिल्लो विवादका विषयमा नै छलफल हुनेछ ।

समूहले केन्द्रीय सदस्य, स्थायी कमिटी सदस्यका समेत सुझाव समेटेर अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै स्पष्टीकरण माग्ने तयारी गरेका छन् ।

फागुन २८ मा ओलीपक्षले एकलौटी रुपमा केन्द्रीय कमिटी बैठक राखेर केन्द्रीय कमिटी विस्तार, दशौं महाधिवेशनको मिति तयलगायतका निर्णय गरेको थियो ।

खनाल–नेपालपक्ष उक्त निर्णय फिर्ता लिएर ०७५ जेठ २ कै अवस्थामा जानुपर्ने माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्