Logo
Logo
कोरोना जाेखिम :

रात्रिकालीन व्यवसाय ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइने (निर्णयसहित)


दृष्टि संवाददाता


काठमाडाैं । कोरोना भाइरसको जोखिम बढेसँगै सरकारले रात्रिकालीन व्यवसाय ९ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने निर्णय गरेको छ ।

बिहीबार बसेको कोरोना रोकथाम नियन्त्रण गर्न बनेको सीसीएमसीले कोभिड संक्रमण बडेको भन्दै रात्रिकालीन व्यवसाय ९ बजेसम्म मात्रै चलाउन पाउने निर्णय गरेको हो ।

बैठकको निर्णय अनुसार पर्यटन क्षेत्रअन्तर्गत सञ्चालन हुने रात्रिकालीन कार्यक्रममा अनिवार्य स्वास्थ्य मापदण्ड अपनाउन पालना गर्न लगाउने र त्यसको अनुगमन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्नेछ।

यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय आगमन तथा प्रस्थान कक्षमा निगरानी कडाइ गरी स्वास्थ्य परीक्षणमा थप सक्रियता बढाउने जनाएको छ।

भारतबाट आएका नागरिकमा कोभिड देखिएमा छुट्टै सवारीसाधनको प्रयोग गरी होम आइसोलेसनमा पुर्‍याउनलाई पनि निर्देशन दिएको छ। स्थानीय तहले होम आइसोलेसनको निगरानी गर्ने भएको छ।

बैठक, गोष्ठी, सेमिनारजस्ता कार्यक्रम भर्चुअल माध्यमबाट गर्नुपर्ने समेत निर्णय गरेको छ ।

बैठकका निर्णयहरू :

प्रतिक्रिया दिनुहोस्