Logo
Logo

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक चैत २० मा बस्ने


दृष्टि संवाददाता

567
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक यही चैत २० गतेलाई बोलाइएको छ ।

समसामयिक विषयमा छलफलका लागि २० गते शुक्रबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बोलाइएको हो ।

बिहीबार मुख्य सचिव पौडेल जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७७ चैत्र २० गते शुक्रबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।’

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000