Logo
Logo

मन्त्रिपरिषद्का निर्णयः सचिव बढुवादेखि मल कारखाना खोल्नेसम्म


दृष्टि संवाददाता


काठमाडौं, १२ चैत ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ बसेको विभिन्न निर्णय गरेको छ । बैठकले सहसचिव मुकुन्द शर्मा पौडेललाई सचिवमा बढुवा गरेको छ । बढुवा सिफारिस समितिले पौडेलसहित तीन जनाको नाम सिफारिस गरेको थियो ।


त्यस्तै रासायनिक मलको कारखाना नेपालमा नै खोल्ने निर्णय समेत भएको छ । त्यससम्बन्धि अध्ययन समितिले करिब एक खर्बमा यस्तो कारखाना खोल्न सकिने प्रतिवेदन दिएको थियो । नेपालमा मलको हाहाकार भएपछि आफैं कारखाना खोल्ने निर्णय भएको हो ।

प्रतिक्रिया दिनुहोस्