Logo
Logo

बुवा, छोरा र ज्वाइँबाटै बलात्कार !


दृष्टि संवाददाता


पक्राउ परेका श्यामा मुखिया। तस्बिर : मनोहर पोखेरेल

राजविराज । सामुहिक बलात्कारको घट्नाका एक अभियुक्त बिहीबार पक्राउ गरेका छन् । बुवा, छोरा र ज्वाइँ मिलेर गरेको सामूहिक बलात्कारको घटनाका एक अभियुक्त बिहीबार पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ का विकु मुखियाका छोरा श्यामा मुखिया पक्राउ परेको हो । सप्तरीका एसपी राजेन्द्रप्रसाद धमलाका अनुसार घरमै लुकिछिपी बसेका उनलाई प्रहरी चौकी को बर्साइनको टोलीले पक्राउ गरेको हो । फैसला कार्यान्वयनलाई अभियानका साथ खोजतलाश गर्ने क्रममा मुखिया घरबाटै पक्राउ परेको एसपी धमलको भनाई छ ।

सप्तरीमा पहिलो पटक बुवा, छोराहरु र ज्वाइँसमेत संलग्न सामूहिक बलात्कारको घटनामा फरार रहेकामध्ये ४३ वर्षीय छोरा श्यामा पक्राउ परेका हुन्।

घट्ना कसरी भयो ?
प्रहरीका अनुसार यो घटना सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ को. बर्साइनस्थित घना काँसघारीको हो। पीडितकी आमाले बिकु मुखिया, उनका छोराहरु डोमा भनिने डोमी र श्यामा मुखिया तथा ज्वाइँ तिलाठी कोइलाडी गाउँपालिका–३ का लोकेन्द्र भनिने जोगेन्द्र मुखियाविरुद्ध प्रहरी कार्यालयमा सामूहिक बलात्कारको मुद्दा दर्ता गरिन्।

पीडितकी आमाले भने अनुसार ०६४ असोज ९ गते दिउँसो गाउँका आठदेखि १२ वर्षका ६ जना नाबालक बालबालिका मिलेर भैंसी चराउन सँगै कोशी टप्पु कटैया पलार गए। एक्कासी आइपुगेका आरोपितले बालकलाई हतियार देखाई डोरीले बाँधी कुटपिट गरे। बालकले बताए अनुसार होहल्ला गरे ज्यान मार्ने धम्की दिए। घना काँसघारीमा लगेर पालैपालो बलात्कार गरेको प्रहरीले बताए ।

स्थानीय लक्ष्मी मुखियाले जनाए अनुसार भोलिपल्टै गरिएको घटनास्थल मुचुल्कामा समेत काँस मिलाएर ओछ्याउन झै बनाइएको, केही मडारिएको र लतारिएको, बालुवा खोस्रिएको, काँसघारीमा मानिस आए–गएको निशानी देखिएको छ। लगत्तै सगरमाथा अञ्चल अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणमा समेत १० वर्षीया बालिकाको बलात्कार भएको र भेजिना च्यातिएर रगत बगेको भनेर स्पष्ट लेखिएको प्रहरीको भनाई छ ।

अस्पतालले यति स्पष्ट लेखेर दिएको रिपोर्ट त्यसयता फेला पर्न सकेको छैन्। अधिवक्ता मीन देवले त्यसयता अस्पतालले “बलात्कार भएको हो–होइन यसै भन्न नसकिने” भनेर रिपोर्ट दिदै आएको छ।

सप्तरी जिल्ला अदालतका तत्कालीन न्यायाधीश श्रीप्रसाद सञ्जेलले २०७५ असार ५ गते नाबालिकालाई सामूहिक बलात्कार गरेको अभियोग ठहर गर्दै चारै जनालाई जनही १३ वर्ष कैद सजायको फैसला गर्‍यो अन्नपुर्णमा मोहन पोखररले यो समाचार लेखेका छन् ।

समाचार अनुसार जिल्ला अदालतले अभियुक्तलाई सजाय गरे पनि क्षतिपूर्तितर्फ विचारै नगरी फैसला भएकोले क्षतिपूर्ति समेत माग गर्दै २०७५ पुस २७ गते पीडित पक्षले उच्च अदालत जनकपुर राजविराज इजलाशमा पुनरावेदन दिए। उच्च अदालत जनकपुर राजविराज इजलाशका न्यायाधीशद्वय भानुभक्त शर्मा न्यौपाने र दिपेन्द्र अधिकारीको इजलाशले जनही १३ वर्ष कैदसँगै क्षतिपूर्तिवापत जनही २० हजारका दरले भराई पाउने ठहर गर्दै ०७७ मङसिर ८ गते फैसला गर्‍यो।

आरोपितमध्ये श्यामका दाजु डोमा भनिने डोमीको मृत्यु भएकाले सजाय माफी भएको र अन्य फरार रहेको जिल्ला अदालतका तहसिलदार दिनेश सुबेदीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्