Logo
Logo

एमाले संसदीय दलको बैठकमा माधव पक्ष सहभागी हुँदै


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेको आज बस्ने संसदीय दलको बैठकमा माधव नेपाल–झलनाथ खनाल पक्षका सांसदहरु पनि सहभागी हुने भएका छन् । एमाले संसदीय दलको बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ ।
यसअघि दलको बैठक माधव पक्षले बहिस्कार गर्दै आएको थियो । दलको नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघिको बैठकमा पनि ामधव पक्षलाई बोलाउँदै आएका थिए ।
यस्तै आज शुक्रबार बस्न लागेको बैठकमा पनि माधव पक्षलाई बोलाएको छ । आजको बैठकमा आफ्नो पक्षका सांसदहरु सहभागी हुने सांसद सुरेन्द्र पाण्डेले जानकारी दिए । उनले भने, ‘आज बस्ने दलको बैठकमा हामी जाँदैछौँ ।’
बैठकमा तीनवटा विषयमा छलफल हुने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराइले जानकारी दिएका छन् । उनका अनुसार संसद बैठक प्रभावकारी बनाउने, सांसदहरुलाई विकास निर्माणका योजनाहरु कसरी पेश गर्ने भन्ने तरिका सिकाउने र दललाई एकढिक्का बनाउने विषय छलफलका एजेण्डा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्