Logo
Logo

एमाले नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सुरु


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमाले माधव नेपाल– झलनाथ खनाल पक्षको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । कलंकीस्थित मेघा पार्टी प्यालेसमा १२ बजेबाट बैठक सुरु भएको हो ।
पार्टीले सोधेको प्रस्टीकरणपछि नेपाल–खनालको केन्द्रीय कमिटी बैठक बसेको हो । केन्द्रीय कमिटी बैठकपछि नेपाल–खनाल पक्षले सांसदहरूसँग पनि परामर्श गर्ने बताइएको छ ।
आज दिउँसो ३ बजे पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी ओलीले बोलाएको संसदीय बैठकमा जाने नजानेबारे उक्त भेलाले टुंगो लागाउने छ । यसअघि एक नेताले संसदीय दलको बैठकमा आफूहरु सहभागी हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्