Logo
Logo

नेपाल-खनाल पक्षकाे बैठक सक्यो


दृष्टि संवाददाता


फाइल फाेटाे

काठमाडौं । नेकपा एमाले माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको केन्द्रीय कमिटी बैठक सकिएको छ । कलंकीको मेगा पाटी प्यालेसमा अपराह्न १२ बजेबाट सुरु भएको बैठक ४५ जना केन्द्रीय सदस्य उपस्थित रहेको बताइएको छ ।
बैठकमा नेता नेपाल र सुरेन्द्र पाण्डेले वर्तमान परिस्थितिबारे ब्रिफिङ गरेका थिए । पार्टीले सोधेको स्पष्टीकरणको जवाफ र अध्यक्ष केपी शर्मा ओलीले चाल्न सक्ने आगामी कदमपछिको रणनीतिबारे उनीहरू जानकारी गराएको बताइएको छ ।

केन्द्रीय कमिटी बैठक सकिएपछि सांसद छलफल सुरु भएको छ । परामर्शपछि बालुवाटारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले बोलाएको संसदीय दलको बैठक जाने र नजानेबारे निर्णय लिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्