Logo
Logo

रेशम चौधरी भेट्न जेलमै पुगे सांसद बस्नेत


दृष्टि संवाददाता


काठमाडौं । जेलमा रहेका जनता समाजवादी पार्टीका सांसद रेशम चौधरीलाई एमाले सांसद महेश बस्नेत डिल्लीबजार कारागारमै पुगेर भेटका छन् । सांसद बस्नेत प्रधानमन्त्री केपी शर्मा ओलीको ‘दूत’ बनेर कारागार पुगेका हुन् ।
टीकापुर हत्याकाण्डका मुख्य आरोपी निलम्वित सांसद चौधरीलाई भेट्न बस्नेत शुक्रबार बिहान कारागार पुगेका हुन् ।
समाजवादी पार्टीसँग सत्ता साझेदारीका लागि प्रधानमन्त्री ओलीले कुराकानी अघि बढाइरहेका बेला बस्नेतले चौधरीलाई भेटेका हुन् । जसपाले संविधान संशोधनसहित टीकापुर हत्याकाण्डका आरोपीलाई रिहा गर्नुपर्नेलगायत माग राखेको छ ।
चौधरीको रिहाइ र संविधान संशोधन विषय अगाडि बढे ओलीसँग साझेदारी गर्न जसपाका नेता महन्थ ठाकुर र राजेन्द्र महतो सकारात्मक देखिएका छन् ।
सांसद बस्नेतले चौधरीको रिहाइसहितको जसपा मागमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ‘विशेष’ निर्णय गरिसकेकाले आफू भेट्न जेलमै पुगेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्