Logo
Logo

बालुवाटार बैठकमा नेपाल र रावल नजाने, खनालले कुरा राख्ने


दृष्टि संवाददाता


काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावल बालुवाटार बैठकमा नजाने भएका छन् । शुक्रबार बसेको नेपाल पक्षको केन्द्रीय समिति बैठकले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा जाने निर्णय गरेपनि नेता नेपाल र भीम रावल नजाने सांसद यज्ञ सुनुवारले बताए ।
अहिले हुन लागेको बैठकमा बरिष्ठ नेता झलनाथ खनाललगायतका नेता सहभागी हुँदैछन् । नेता खनालले बैठकमा बोल्नका समय माग्ने र आफूको कुरा राख्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्