Logo
Logo

वायु प्रदूषणले अन्तर्राष्ट्रिय विमानस्थल बन्द


दृष्टि संवाददाता


काठमाडौं । वायु प्रदूषण एक्कासी ह्वातै बढेपछि शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ ।
विमानस्थलबाट हुने उडान र अवतरण दुवै बन्द भएको विमानस्थल कार्यालयका प्रमुख प्रतावबाबु तिवारीले जनाए । उनका अनुसार आइएफआर र भीएफआर उडान हुन नसकेको हो । आज शुक्रबार काठमाडौंको आकाशमा बाक्लो तुँवालो लागेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्र लाल कर्णका अनुसार दिउँसो २ बजेदेखि विमानस्थलमा उडान तथा अवतरण बन्द छ ।

प्रतिक्रिया दिनुहोस्