Logo
Logo
संसदीय दलकाे बैठक

‘एक्लौटी निर्णय फिर्ता नलिए पार्टी एक ढिक्का हुन सक्दैन’


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष केपी शर्मा ओलीले गरेको एक्लौटी निर्णय फिर्ता नलिए पार्टी एक ढिक्का नहुने बताएका छन् ।

दलका नेता एवम् प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाएको संसदीय दलकाे बैठकमा नेता खनालले पार्टी एकता जोगाउन एमालेलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउनुपर्ने बताए । भने– ‘यो भन्दा अगाडि गरिएका निर्णयहरु फिर्ता लिएर जेठ २ गते पुग्ने अवस्था सिर्जना नगरिए पार्टी एकढिक्का सहित परिचालित हुन सक्दैन ।’

माधव पक्षधरका सांसदहरूको नेतृत्व गर्दै बैठकमा उपस्थित भएका नेता खनालले आफ्नो कुरा राखेर बैठक जारी रहँदै गर्दा बाहिरिका छन् ।

बरिष्ठ नेता खनाल र नेपाल समूहका अन्य सांसद भने बैठकमै छन् । बैठकमा माधवकुमार नेपाल र भीम रावल भने उपस्थित छैनन्।

२३ फागुनको सर्वोच्च अदालतको फैसला पछि पहिलो पटक यो समूह ओलीले बोलाएको बैठकमा सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्