Logo
Logo

सुदूरपश्चिम प्रदेश सरकार परिवर्तन गर्नुपर्छ : लेखराज भट्ट


दृष्टि संवाददाता

756
Shares

कैलाली । नेकपा एमालेका सुदूरपश्चिम प्रदेश इञ्चार्ज एवं उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेश सरकार परिवर्तन गर्नुपर्ने बताएका छन् ।

शुक्रबार धनगढी विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मन्त्री भट्टले प्रदेश सरकारले गति पाउन नसकेको भन्दै परिवर्तन गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘हामी छलफलमा छौँ । यो प्रदेश सरकारले गति लिन सकेन, अब चाहिँ परिवर्तन गर्नुपर्छ । ’

सुदूरपश्चिम प्रदेश सरकार अहिले माओवादी केन्द्रले नेतृत्व गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्