Logo
Logo

नेपाल समूह निकट विद्यार्थी नेता संस्थापन पक्षबाट कारवाहीमा


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूको संस्थापन पक्षले समानान्तर कमिटीका पदाधिकारीलाई निलम्बन गरी स्पष्टीकरण सोधेको छ ।

अनेरास्वविूका संयोजक ऐन महरको अध्यक्षतामा बसेको केन्द्रीय कार्यालयको बैठकले सुदेश पराजुली, ओसिम आलम र आरती लामालाई ३ दिनभित्र स्पष्टीकरण माग गर्ने निर्णय गरेको हो ।

तीन दिनअघि राजधानीमा भएको विद्यार्थीको राष्ट्रिय भेलाले पराजुलीको अध्यक्षतामा पाँच सय एक सदस्यीय केन्द्रीय कमिटी बनाएको थियो ।

संगठनको गरिमामा आँच आउने गरी गुटगत भेला गरेर समानान्तर कमिटी बनाएको, संगठनको हितविपरीत गैर राजनैतिक क्रियाकलापमा संलग्न भएको भन्दै उनीहरूलाई निलम्बन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

बैठकले एमाले र माओवादी ब्युँताउने सर्वोच्चको फागुन २३ को निर्णयलाई स्वागत समेत गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्