Logo
Logo

एमाले सांसद सुमनराज प्याकुरेल राष्ट्रिय सभामा दलकाे नेतामा मनोनयन


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रिय सभाको संसदीय दलको नेतामा सुमनराज प्याकुरेललाई मनोनयन गरेका छन् ।

सर्वोच्चको फैसलाबाट एमाले र माओवादी केन्द्र ब्युँतिएपछि प्रधानमन्त्री ओलीले राष्ट्रिय सभामा संसदीय दलको नयाँ नेता चयन गरेका हुन् ।

यसअघि नेकपा रहँदा माओवादी केन्द्रका सांसद दिनानाथ शर्मा दलका नेता थिए भने पार्टी अलग भएपछि प्याकुरेललाई दलको नेतामा मनोनयन गरिएको हो । शर्मा भने सर्वोच्च अदालतको २३ फागुनको फैसलापछि माओवादी केन्द्रमा छन् ।

प्रधानमन्त्री ओलीले प्याकुरेललाई राष्ट्रिय सभामा एमाले संसदीय दलको नेता चुनिएको पत्र संसद सचिवालयलाई पठाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्