Logo
Logo

संसद अधिवेशन चाँडै अन्त्य हुन्छ : प्रधानमन्त्री


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको अधिवेशन चाँडै अन्त्य हुने बताएका छन् । नेकपा एमाले संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले वर्षे अधिवेशन बोलाउने समय नजिकिएकाले हिउँदे अधिवेशन छिट्टै अन्त्य हुने बताएका हुन् ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक विशाल भट्टराईले भने ‘वैशाखबाट वर्षे अधिवेशन सुरु गर्नुपर्ने भएकाले चालु अधिवेशन चाँडै अन्त्य हुने प्रधानमन्त्रीले भन्नुभएको छ ।’

बैठकमा ओलीले अबको बजेट अधिवेशनमा संसदहरूबाट महत्वपूर्ण सल्लाह सुझावहरू प्राप्त हुने अपेक्षा व्यक्त गरे । संसदीय दलको बैठक नियमित बस्ने र सांसदहरूको क्षमता अभिवृद्धिमा पार्टीले सहजीकरण गर्ने ओलीले बताएका थिए ।

पुस ५ गते सरकारले प्रतिनिधिसभा विघटन गरेसँगै बैठक लामो समय बस्न सकेन । तर, सर्वोच्च अदालतले पुनःस्थापना गरेसँगै अहिले जारी बैठकमा समेत सरकारले विजनेश दिन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्