Logo
Logo

पार्टीलाई एकताबद्ध बनाउन प्रधानमन्त्रीले पहल गर्नुपर्छ : योगेश भट्टराई


दृष्टि संवाददाता

756
Shares

काठमाडौं । नेकपा (एमाले) का नेता योगेश भट्टराईले पार्टी कमिटीहरु २०७५ साल जेठ २ गते अघिको पूर्ववत्ः अवस्थामा फर्काउनुपर्ने बताएका छन्।

शुक्रबार बसेको एमाले संसदीय दलको बैठकमा आफूले पार्टीलाई एकताबद्ध बनाउनका निम्ति प्रधानमन्त्री केपी ओलीले पहलकदमी लिनुपर्ने धारणा राखेको बताए।

उनले भने, ‘फागुन २३ गतेको सर्वोच्च अदालतको निर्णयले हामीलाई पूर्ववत् पार्टीमा फर्काएको अवस्थामा पार्टीको संसदीय दल जसरी पूर्ववत् अवस्थामा अगाडि बढ्यो त्यसै गरीकन पार्टी केन्द्रीय कमिटी र पार्टी मातहतका सम्पूर्ण कमिटीहरु पनि २०७५ जेठ २ गतेको अवस्थामा फर्कौं र त्यहाँबाट नयाँ ढंगले पार्टीलाई एकतावद्ध बनाएर लैजाऔं यसमा मुलुकको प्रधानमन्त्री हुनुको नाताले र यो पार्टीको अध्यक्ष हुनुको नाताले तपाईले पहलकदमी लिनुहोस्। हिजोका कतिपय तितामिठा कुराहरुलाई विर्सौं ।’

उनले मुलुकले एमाले र सिंगो वामन्थीहको एकता खोजेको बताउँदै प्रधानमन्त्री सकारात्मक रहेको आफूले पाएको बताए ।

प्रतिक्रिया दिनुहोस्