Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : प्रदूषणले काठमाडौँ ढाकेकोदेखि नेपाल र रावललाई कारवाही गर्ने ओलीको तयारीसम्म


दृष्टि संवाददाता


हेडलाइन्स् :

१. काठमाडौं बन्यो विश्वको पहिलो प्रदुषित शहर, तुँवालोका कारण दिनभर मौसम प्रतिकुल, भिजिबिलिटी नहुँदा साढे दुई घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा बन्द, अधिकांश उडान डाइभर्ट, केही दिन मर्निङ वाकमा ननिस्कन भन्दै स्वास्थ्य मन्त्रालयले जारी ५ बुँदे अपिल, प्रदुषणले बच्चा र ज्येष्ठ नागरिक जोखिममा रहेको जनस्वास्थ्यविज्ञको भनाइ, उपत्यकको वरपर रहेका जंगलमा आगलागी हुँदा धुँवाले काठमाडौं प्रदुषित बनाएको वातावरणविज्ञको दावी ।

२. एमाले संसदीय दलको बैठकमा माधव नेपाल पक्षका सांसद पनि सहभागी, वरिष्ठ नेता नेपाल र भीम रावल भने उपस्थित भएनन्, अध्यक्ष केपी शर्मा ओलीलाई फागुन २८ मा फर्कन झलनाथ खनालको सुझाव, एमाले फुटबाट जोगाउन प्रधानमन्त्रीले नै अग्रसरता लिनुपर्ने बैठकमा सहभागी नेताको जोड ।

३. माधव नेपाल र भीम रावलको स्पष्टीकरणपत्र कारवाहीयोग्य भएको प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा संसदीय दलको बैठकमा ब्रिफिङ, कारवाही गर्ने जिम्मा केन्द्रीय कमिटीलाई फागुन २८ गते पार्टीले लिएको निर्णय फिर्ता नहुने ओलीको अडान, वर्षे अधिवेशन बोलाउने समय नजिकिएकाले छिट्टै संसदको चालु अधिवेशन अन्त्य हुने प्रधानमन्त्रीद्वारा जानकारी, आगामी बजेटका लागि योजना र कार्यक्रम ल्याउन समेत सांसदहरूलाई आग्रह ।

४. प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईद्वारा मन्त्रिपरिषद विस्तार, अविश्वास प्रस्ताव कायमै रहेका बेला राईले माओवादी केन्द्रबाट एमाले भएका नेतालाई समेत समेटी मन्त्रिपरिषद् विस्तार, टंक आङबोहाङ, उषाकला राई, राम राना, अम्बिरबाबु गुरुङ, राज्यमन्त्री कला घले र वन तथा राजकुमार ओझाद्वारा सपथ ग्रहण ।

५. कोरोना संक्रमण जोखिमको रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रमा कडाइ गरिने , जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदुरहरुबीच भएको छलफलमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रलाई कडाइ गर्ने निर्णय, मास्क नलगाउने यात्रुलाई कारबाही गरिने ।

६. थारुवान/थारुहट मोर्चाले टीकापुरको थारु आन्दोलनबाट उत्पन्न घटनाका सन्दर्भमा सरकारसँग समाधान खोज्न बनायो वार्ता टोली, कारागारमा रहेका रेशम चौधरीको संयोजकत्वमा ६ सदस्यीय टोली गठन, आन्दोलनबाट उत्पन्न समस्या समाधानको दृष्टिकोणबाट सबै राजनीतिक दलले आ–आफनो स्तरबाट पहल मात्रै गरिदिन अनुरोध गर्दै मोर्चाले टीकापुरका घटनाको विषयलाई सरकारमा जाने सिँढी नबनाउन राजनीतिक दललाई सुझाव ।

७. बहुचर्चित मेलम्ची खानेपानी आइतबारदेखि काठमाडौंका घरका धारामा आउने, मेलम्ची खानेपानी उपआयोजना–२, आयोजना निर्देशनालयका उपनिर्देशक उज्ज्वल प्रजापतिद्वारा आगामी आइतबारदेखि दैनिक चार करोड लिटर पानी धारामा पठाउने तयारी भएको जानकारी, पानी वितरणका लागि १० वटा पानी रिजर्भ ट्यांकी बनाउनुपर्नेमा ९ वटा निर्माण सकिएपनि एउटा ट्यांकीको काम बाँकी ।

८. ज्योति लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट , फागुन २१ गतेदेखि निष्काशनमा ल्याएको कम्पनीको शेयर शुक्रबार बाँडफाँट, न्यूनतम १० कित्ताका दरले शेयर वितरण गर्दा ५ लाख ९४ हजार जनाले शेयर पाए, ४४ हजार ६४५ वटा आवेदन रद्द , सनराइज ब्लुचिप फण्ड स्किमका इकाइ बाँडफाँट, ३० लाख इकाइसम्म माग गर्ने सबैले पाए, केराउ, छोकडा, सुपारी र मरिच ल्याउन पुग्ने विदेशी मुद्रा सटही सुविधा दिन बैङ्कहरुलाई राष्ट्र बैङ्कको निर्देशन ।

९. नेपाल मलेसिया र नेदरल्याण्डविचको टी–२० सिरिज बैशाख चार गतेबाट हुने, त्रिदेशीय फुटबल लिगमा भोलि नेपालले बंगलादेशसँग खेल्दै, बंगलादेशबिरुद्ध जित निकाल्दै फाइनलमा स्थान बनाउनु नै मुख्य लक्ष्य रहेको प्रशिक्षक बालगोपल महर्जनको भनाइ, मुख्य प्रशिक्षक डेभ ह्वाटमोरसँग प्रदेश एकका युवा क्रिकेटरले साटे अनुभव ।

१०.र, भारतमा कोरोना भाइरसको संक्रमण वृद्धिमा दैनिक नयाँ रेकर्ड, २४ घण्टामा थपिए वर्षकै धेरै संक्रमित, कोरोना पोजेटिभ भएपछि पनि पाकिस्तानी प्रधानमन्त्री बैठकमा सहभागी भएको भन्दै चर्को आलोचना, अमेरिकामा वर्षासँगै आएको तुफानमा परी ५ जनाको मृत्यु, कार्यकालको सय दिनभित्र २० करोड जनालाई खोप लगाउने अमेरिकी राष्ट्रपति जो बाइडेनको लक्ष्य ।

प्रतिक्रिया दिनुहोस्