Logo
Logo

कांग्रेस नेता नवीन्द्रराज जाेशीकाे निधन


दृष्टि संवाददाता


काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ ।

मष्तिश्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार राति साढे आठ बजे मृत्यु भएको नर्भिक अस्पतालले जनाएको छ ।

‘शुक्रबार विहानदेखि उनको मुटुको चाल चल्दै बन्द हुँदै गरिरहेको थियो, समस्या समाधानका लागि चिकित्सकको टोली प्रयासरत भएपनि बचाउन नसकिएको अस्पतालले जनाएको छ ।

जोशीको निधन भएको केहीबेर अघि मात्रै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमा लेखेर जानकारी गराएका छन् ।

उहाँको मृत्यु भएको छैन , फेरिपनि लेख्न मन छ यो खबर झुठो हो !

तर लेख्नु परेको छ “अल बिदा नविन्द्र दाइ !!!!!!!
तपाईंको आत्मालाई शान्ति मिलोस् स्वर्गमा l देशले आज एक असल र कुशल नेता गुमाउनुपरेको छ l

Posted by Bishwa Prakash Sharma on Friday, March 26, 2021

 

फागुन १४ गते घरमै स्वास्थ्य समस्या देखिएपछि जोशीलाई वीर अस्पताल लगिएको थियो । वीरले उनलाई नर्भिकमा रेफर गरेको थियो ।

मष्तिष्कघातको समस्या देखिएपछि अस्पतालले सुरुदेखि नै भेन्टिलेटरको सहायतामा उपचार गरिरहेको थियो । कांग्रेस केन्द्रीय सदस्य जोशी पूर्वमन्त्री र पूर्वसांसद पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्