Logo
Logo

पिकनिक गएका वडाध्यक्षको मृत्यु, सात जना नियन्त्रणमा


दृष्टि संवाददाता


धनगढी । कञ्चनपुरमा पिकनिक गएका वडाध्यक्षको मृत्यु भएपछि सात जनालाई पक्राउ गरिएको छ । भीमदत्त नगरपालिका–५ का वडाध्यक्ष मदनबहादुर चन्दको शुक्रबार पिकनिक गएका बेला मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शुक्रबार वडा कार्यालयका कर्मचारी र जनप्रतिनिधिसहित ८ जनाको टोली वेदकोट नगरपालिका–६ मा पर्ने चुरेपानीमा पिकनिक खान गएका थिए ।
वडाअध्यक्षलाई मासु र रक्सी खाने बेला अचानक घाँटीमा समस्या आएको भन्ने सुनेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरिक्षक अमर थापा क्षेत्रीले बताए । घाँटीमा समस्या देखिएपछि उनलाई शुक्रबार नै महाकाली अस्पताल पु¥याइएको थियो । अस्पतालले मृत्त घोषणा गरेको थियो ।
घटनापछि वडाअध्यक्षसँगै पिकनिक गएका सात जनालाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको जनाएको छ । उनको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्