Logo
Logo

झा दम्पती हत्या प्रकरणमा थप तीन पक्राउ


दृष्टि संवाददाता


झा दम्पती अपहरणमा संलग्न अभियोगमा यसअघि पक्राउ परेका ५२ वर्षीय रामबाबु यादव, उनकै २६ वर्षीय छोरा सुरेन्द्र यादव, कान्छो छोरा २४ वर्षीय राजेन्द्र यादव र भारतको बिहार प्रान्त मधुवनी, थाना मधुवापुर घर भई महोत्तरीको पिपरा–६ बनौली चौक बस्दै आएका ५० वर्षीय हरेन्द्र ठाकुर । फाइल तस्बिर

महोत्तरी । जिल्लाको पिपरा गाउँपालिका–५ का ६५ वर्षीय मुसाफिर झा र उनकी ६० वर्षीया श्रीमती गीतादेवीको अपहरणपछि हत्यामा संलंग्न भएको आशंकामा थप तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा स्थानीय विकास झा, कैलास झा र शम्भु झा रहेका छन् । उनीहरू तीनैजना झा दम्पतीको नातेदार भएको प्रहरीले जनाएको छ । उनीहरुलाई तीनै जनालाई शुक्रबार पक्राउ गरेको हो । अनुसन्धनका क्रममा संलग्नता देखिएकाले नियन्त्रणमा लिएको प्रदेश–२ प्रहरी प्रमुख डिआइजी धिरजप्रताप सिंहले जानकारी दिए ।
गत १० फागुनको राती आफ्नै घरमा सुतिरहेका बेला झा दम्पती बेपता भएका थिए । एक महिनापछि उनीहरुको बिहीबार माटो पुरेको अवस्थामा कंकाल फेला परेको थियो । कंकालको शुक्रबार पोष्टमार्टमपश्चात् दाहसंस्कार गरिएको छ ।
यसअघि घटनामा संलग्न रहेको भन्दै रामबाबु यादव, उनका छोराद्वय सुरेन्द्र यादव, राजेन्द्र यादव र भारत बिहार मधुबनी घर भइ बनौलीमा बस्दै आाएका हरेन्द्र ठाकुरलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरिसकेको छ ।
पक्राउ परेकामध्ये ठाकुरले झा दम्पतीको जग्गानजिकै प्लटिङ गरेको र प्लटिङ गरिएको जग्गाबाट सडकमा आउने बाटो नभएको हुँदा पटक–पटक झा दम्पतीलाई बाटोका लागि जग्गा बिक्री गर्न दबाब दिएर पनि बिक्री नगरेकाले अपहरण गरी हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्