Logo
Logo

कांग्रेसद्वारा शोक प्रस्ताव पारित, तीन दिन झण्डा आधा झुकाउने


दृष्टि संवाददाता


काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता नवीन्द्रराज जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको शनिबार बसेको आकस्मिक बैठकले शोक प्रस्ताव पारित गरेको हो ।

बैठकले यही चैत १५ देखि १७ गतेसम्म तीन दिन पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने निर्णण गरेको छ । उक्त दिनहरुमा शोकका कार्यक्रम बाहेक पार्टीका अरु औपचारिक कार्यक्रम नगर्ने निर्णय समेत गरिएको छ ।

चैत १७ गते केन्द्र तथा सबै जिल्ला कार्यालयहरु बन्द गर्ने, निधनको १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने तथा १३ औं दिनमा केन्द्र र सबै जिल्लामा भौतिक दूरी कायम गर्दै शोकसभा गर्ने निर्णय पनि गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । पूर्वमन्त्री समेत रहेका जोशीको उपचारका क्रममा शुक्रबार राति ८ः२४ बजे निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्