Logo
Logo

अलविदा नवीन्द्रराज जोशी (फोटोफिचर)


दृष्टि संवाददाता


काठमाडौं । शुक्रबार निधन भएका कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई अन्तिम श्रद्धाञ्जली नेताहरु सानेपा पुगेका छन् ।


श्रद्धाञ्जलीका लागि जोशीको पार्थिव शरीरलाई शनिबार मध्याह्न १२ बजेदेखि पार्टी केन्द्रीय कार्यालयमा सानेपामा राखिएको थियो । श्रद्धाञ्जली दिन सभामुख अग्नि सापकोटा, माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, पूर्वप्रधानमन्त्री तथा एमाले नेता माधवकुमार नेपाल, अष्टलक्ष्मी शाक्य, सुवासचन्द्र नेम्वाङलगायतका नेता तथा शुभचिन्तक सानेपा पुगेका थिए ।


यस्तै अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सहितका मन्त्रीहरु, सांसद, कांग्रेस नेता तथा कार्यकर्ता र आफन्तपनि जोशीप्रति श्रद्धाञ्जली व्यक्त गर्न सानेपा पुगेका थिए ।


कांग्रेस सभापति शेरबहादुर देउवाले जोशीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गरेका थिए । मष्तिष्क घातका कारण निधन भएका जोशी इमान्दार र निष्ठावान नेताका रुपमा चिनिन्थे । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्