Logo
Logo

भीम रावललाई लेखराज भट्टको सुझाव : ‘आत्मालोचना गरेर पार्टीमा फर्कनुहोस्’


दृष्टि संवाददाता


कैलाली । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले भीम रावललाई आत्मालोचना गरेर पार्टीमा फर्किन आग्रह गरेका छन् ।

राष्ट्रिय युवा संघ नेपालको कैलालीको कमिटी घोषणा तथा सपथ ग्रहण कार्यक्रममा भट्टले रावललाई आत्मालोचना गरेर फर्किन आग्रह गर्दै २८ फागुनमा गरिएको निर्णय परिवर्तन नहुने स्पष्ट पारेका हुन् ।

‘आउने भए आत्मालोचना गरेर आउनुहोस् तर २८ फागुनमा गरिएको निर्णय परिवर्तन हुँदैन’ नेता भट्टले भने । आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर नयाँ आन्दोलनको प्रारम्भ गरेको उनले बताए ।

‘हामीले प्रधानमन्त्रीसँग मिलेर वैचारिक आन्दोलन प्रारम्भ गरेका छौँ’ उनले भने ‘हामी अब देशलाई समृद्धिको बाटोमा लगिरहेका छौँ ।’ ताजा जनादेशमा जानुको बिकल्प नरहेको भन्दै उनले त्यसको तयारीमा लाग्न समेत निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्