Logo
Logo

उपत्यकामा सवारी चेकजाँच कडाइ, नियम उल्लंघन गर्नेमाथि धमाधम कारबाही


दृष्टि संवाददाता


काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा सवारी चेकजाँचमा कडाइ गरेको छ । होलीमा अवाञ्छित गतिविधि नहुन दिन र कोरोनाबाट सतर्कता अपनाउन ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी श्याम अधिकारीले जानकारी दिए ।
यसैक्रममा ट्राफिक नियम उल्लंघन गरेर सवारी चलाउनेलाई ट्राफिक प्रहरीले कारबाही गरिरहेको छ । महाशाखाले ८५ देखी ९० ठाउँमा चेक प्वाइन्ट राखेर सवारी–साधन चेकजाँच गरिरहेको जनाएको छ । आइतबार मध्यान्हसम्ममा तीन सय भन्दा बढी मोटरसाईकल र स्कुटर होल्ड गरिएको ट्राफिक महाशाखाले जनाएको छ ।
बिहान ७ बजेबाट ट्राफिकले चेक प्वाइन्ट राखेको हो । १७ वटा चारपाङ्ग्रे सवारी होल्ड गरिएको छ । कागजपत्र नबोक्ने, दुईपाङ्ग्रे साधनमा ३ जना चढ्ने र लापरवाही गरेर चलाएका सवारीलाई होल्डमा राखिएको छ । मापसे गरेर सवारी चलाउने ५ जना चालकलाई ट्राफिकले कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गर्ने अन्य १ सय ५२ वटा सवारीमाथि सामान्य कारवाही गरिएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्