Logo
Logo

प्रधानमन्त्री-सभामुख भेट, गतिरोध अन्त्य हुने अपेक्षा


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच बालुवाटारमा भेटवार्ता भएको छ ।

आइतबार प्रधानमन्त्रीलाई भेट्न सभामुख सापकोटा बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका थिए । भेटका क्रममा उनीहरूबीच दुई घन्टा कुराकानी भएको थियो ।

संसदलाई प्रभावकारी बनाउने र सार्वजनिक महत्वका विधेयकलाई अगाडि बढाउने विषयमा ओली र सापकोटाबीच कुराकानी भएको सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए ।

प्रतिनिधिसभा पुनर्स्थापित भए पनि संसदले बिजनेस नपाएको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्री र सभामुखबीच भेट भएको हो।

प्रतिक्रिया दिनुहोस्