Logo
Logo

समय मागेको एक हप्तापछि प्रधानमन्त्रीले भेटे सभामुख


दृष्टि संवाददाता


काठमाडौं, १५ चैत ।
प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नि प्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । सभामुखले समय मागेको करिब एक सातापछि प्रधानमन्त्रीले भेट दिएका हुन् ।


ओलीले सभामुखको पटक पटक सार्वजनिक रुपमा आलोचना गर्दै आएका छन् । विवादास्पद अध्यादेश संसदमा अघि नबढाएको भन्दै उनले सभामुखलाई दबाब दिइरहेका छन् । ती अध्यादेशविरुद्ध सभामुखले नै सर्वाैच्चमा निवेदन दिएका छन् । यी विषयमा बालुवाटारमा ओली र सापकोटाबीच करिब दुई घन्टा भेटवार्ता भएको हो ।

संसदलाई प्रभावकारी बनाउने र सार्वजनिक महत्वका विधेयकलाई अगाडि बढाउने विषयमा ओली र सापकोटाबीच कुराकानी भएको सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए।

प्रतिक्रिया दिनुहोस्