Logo
Logo

मापसे जस्तै ललितपुरमा प्रहरीको ‘लापसे’ विरुद्ध कारबाही


दृष्टि संवाददाता


काठमाडौं,१५ चैत ।
महानगरीय प्रहरी परिसर ललितपुरले लागुऔषधको सेवन गरेर सवारी चलाउनेमाथि कारबाही थालेको छ । लागु औषध सेवन गरेर सवारी चलाउने प्रवृत्ती देखिएपछि यस्तो जाँच सुरु भएको हो ।


आइतबार सात जनाको परीक्षण गरिएकोमा तीन जनाले लागुऔषध सेवन गरेको पाइएको ललितपुरकी एसएसपी किरण बज्राचार्यले बताइन् । प्रहरीले पिसाबमार्फत लागुऔषण परीक्षण गरेको हो ।

उपत्यकाका ट्राफिक प्रहरीले मादक पदार्थ सेवन(मापसे) गरेर सवारी चलाउनेलाई कारबाही गर्दछ । लागुपदार्थ सेवन(लापसे) गरेर सवारी चलाउन समेत दुर्घटनाको जोखिम हुने भएकाले यस्तो जाँच सुरु गरिएको एसएसपी बज्राचार्यले बताइन् । खासगरी सार्वजनिक यातायातका चालकहरुमा प्रहरीले यस्तो परीक्षण सुरु गरेको हो । मोटरसाइकल र निजी सवारीका चालकमाथि समेत शंका लाग्दा चेकजाँच हुने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्