Logo
Logo

होलीमा एसिड प्रहार, तीन जना घाइते


दृष्टि संवाददाता


काठमाडौं । काठमाडौंको शंखरापुरमा होली खेल्नेक्रममा एसिड छ्याप्दा तीन जना घाइते भएका छन् । घाइते हुनेमा १६ वर्षीया एक बालिका र ११ र ९ वर्षका दुई बालक रहेको महानगरीय प्रहरी कार्यालय बौद्धले जनाएको छ । उनीहरूको हात र अनुहार जलेको छ ।
घाइते तीनै जनाको सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । एसिड घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा १७ वर्षीय पवन पहारी, १८ वर्षीय आकाश तामाङ र एसिड धनी केशव नेपाल रहेका छन् । शंखरापुर–१ स्थित नवीन ग्राममा डेरी सञ्चालनका लागि उक्त एसिड प्रयोग भएको पाइएको का महानगरीय प्रहरी बौद्धका डिएसपी नवीन कार्की जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्