Logo
Logo

चीनद्वारा ८ लाख डोज कोरोना खोप प्रधानमन्त्रीलाई हस्तान्तरण


दृष्टि संवाददाता


काठमाडौं । छिमेकी मित्रराष्ट्र चीनले नेपालका आठ लाख डोज कोभिड १९ विरुद्धको खोप प्रदान गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार आयोजित विशेष कार्यक्रममा नेपालका लागि चीनका राजदुत हउ यान्छीले उक्त खोपसम्बन्धी दस्तावेज नेपाल सरकारलाई हस्तान्तरण गरेकी हुन् ।

हस्तान्तरणपछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल र चीनबीचको मैत्री सम्बन्ध थप सृदृढ बनाउन खोप हस्तान्तरण कार्यले थप योगदान गरेको बताए ।

चीनले आफ्नै देशमा खोपको विकास गरी मानवजीवन रक्षाका लागि काम गरेको बताउँदै प्रधानमन्त्री ओलीले नेपाल सरकार पनि महामारीबाट जनजीवन जोगाउने कुरालाई सर्वाधिक महत्व दिँदै ‘जीवन पहिलो’को नीतिमा अघि बढेकोसमेत बताए ।

हाम्रा दुवै छिमेकीबाट खोपको सहयोग भएको उल्लेख गर्दै प्रधानमन्त्रीले सरकारले खरिदका लागि समेत सरकारले तयारी गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्