Logo
Logo

माधव नेपाल र भीम रावल एमालेबाट निलम्बित


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई कारबाही गरेको छ । उनीहरू दुवैलाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्वन गरिएको छ ।

पार्टी हितविपरीत गतिविधि गरेको भन्दै दुवै नेतालाई कारबाही गरिएको पत्र अध्यक्ष केपी शर्मा ओलीले पठाएका छन् । ‘तपाईंलाई सच्चिनका लागि यो अन्तिम मौका हो । आफ्ना विचार र क्रियाकलापहरू सच्याई पार्टीका पक्षमा आएमा पार्टीले निलम्बन अवधिको बीचमा पनि निलम्बनको अवधि घटाउने निर्णय गर्न सकिने र सच्चिन दिएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टी विरोधी गतिविधिहरू कायमै राखेमा निलम्बन अवधिको बीचैमा थप कारबाही गर्न सकिने व्यहोरासमेत जानकारी गराइन्छ,’ नेपाललाई पठाइएको पत्रमा भनिएको छ ।

दुवैलाई यसअघि स्पष्टीकरण सोधिएको थियो। उनीहरुले कैयौं प्रतिप्रश्न गर्दै जवाफ फर्काएका थिए।

 

प्रतिक्रिया दिनुहोस्