Logo
Logo

रेशम चौधरी रिहाइकाे माग सम्बोधन गर्न गृहमन्त्रीको संयोजकत्वमा वार्ता टोली


दृष्टि संवाददाता


काठमाडौं । थरुहट आन्दोलनको माग सम्बोधन गर्नका लागि सरकारले गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा ३ सदस्यीय वार्ता टोली गठन गरेको छ ।

थारु कल्याणकारी सभा, थरुहट–थारुवान संयुक्त आन्दोलन र केन्द्रीय आन्दोलन परिचालन समितिको विभिन्न १९ बुँदे माग सम्बोधन गर्न गृहमन्त्री थापाको संयोजकत्वमा वार्ता टोली गठन गरिएको हाे ।

सोमबार सञ्चार तथा  सूचना प्रविधि मन्त्रालयमा आयोजित विशेष पत्रकार सम्मेलनमा मन्त्री पार्वत गुरुङले  वार्ता टोलीले आजैदेखि काम सुरु गर्ने पनि बताएका हुन् ।

वार्ता टोलीको सदस्यमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र पूर्वसांसद भगवती चौधरी छन् । थरुहट आन्दोलनले रेशम चौधरीको रिहाइलगायतका विभिन्न १९ बुँदे माग सरकारसमक्ष प्रस्तुत गरेको छ ।

केही दिनअघि गृहमन्त्री थापा माइतीघर मण्डल पुगेर सरकारले वार्तामार्फत नै थरुहट आन्दोलनकारीको माग पूरा गर्ने प्रतिबद्धता जनाएका थिए । यसअघि थारुवान/थारुहट मोर्चाले टीकापुरको थारु आन्दोलनबाट उत्पन्न घटनाका सन्दर्भमा सरकारसँग समाधान खोज्न वार्ता टाेली गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्