Logo
Logo

माधव नेपालको प्रश्न : ‘मलाई पार्टीबाट निलम्बन गर्ने ओली को हो ?’


दृष्टि संवाददाता


काठमाडाैं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई निलम्बन गर्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई नभएको स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल र एमाले उपाध्यक्ष रावललाई साधरण सदस्यसमेत नरहने गरी निलम्बन गरेको जानकारी दिँदै ओलीले पत्र पठाएपछि नेपालले आफूलाई हटाउने अधिकार ओलीसँग नभएकाे बताएका हुन्  ।

‘ओलीले मलाई हटाएकोबारे कुनै जानकारी छैन। कुन पार्टीबाट?, ओलीको पार्टीबाट ? ’ उनले भने । नेता नेपालले केन्द्रीय कमिटीनै विघटन गरेका व्यक्तिले कारबाही गरेँ भनेर हल्ला फैलाउनु कुनै अर्थ नरहने बताए । उनले ओली अहिले एमालेको निर्वाचित अध्यक्ष नै नरहेको दाबी गरे।

प्रतिक्रिया दिनुहोस्