Logo
Logo

भारतबाट आउने सबैले १० दिन अनिवार्य आइसोलेसन बस्नुपर्ने


दृष्टि संवाददाता


काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतका नाका हुँदै नेपाल भित्रिने सबैलाई अनिवार्य १० दिन आइसोलेसन सेन्टरमा राख्न प्रदेश सरकारलाई निर्देशन दिएको छ । साेमबार मन्त्रालयले भारतका नाका हुँदै नेपाल आएका संक्रमितहसमेत खुला रुपमा हिँड्डुल गरेको पाइएपछि यस्तो निर्देशन दिएको हो ।

लक्षण देखिएका संक्रमितलाई अस्पताल र नदेखिएकाहरुलाई पनि १० दिन अनिवार्य आइसोलेसन सेन्टरमा राख्न मन्त्रालयको निर्देशन छ ।आइसोलेसन सेन्टरमा राखेबापत प्रतिव्यक्ति दुई हजार रुपैयाँका दरले सोधभर्ना रकम उपलब्ध गराउने समेत मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले नाका जोडिएका हेल्थ डेस्कबाट नजिक पर्ने १४ वटा अस्पतालमा रिफर गर्न समेत निर्देशन दिएको छ ।

सात प्रदेशमा रिफर गर्न निम्न अस्पतालहरु तोकिएको छ–
१. मेची अस्पताल
२. कोसी अस्पताल
३. इलाम अस्पताल
४. नारायणी अस्पताल
५. सिरहा अस्पताल
६. रौतहट अस्पताल
७. शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल
८. सिन्धुपाल्चोक अस्पताल
९. रसुवा अस्पताल
१०. भीम अस्पताल
११. कपिलवस्तु अस्पताल
१२. भेरी अस्पताल
१३. महाकाली अस्पताल
१४. सेती प्रादेशिक अस्पताल

प्रतिक्रिया दिनुहोस्