Logo
Logo

अदालतमा हाजिर हुन सिके राउतलाई आदेश


दृष्टि संवाददाता


काठमाडौं । स्वतन्त्र मधेस गठबन्धन छोडर शान्तिपूर्ण राजनीतिमा लागेको दाबी गरिएका डा. सिके राउतलाई ३५ दिनभित्र हाजिर हुन जिल्ला अदालत नवलपुरले सूचना जारी गरेको छ ।

पृथकतावाद छोडेर जनमत पार्टी गठन गरेकाराउतलाई पक्राउ पूर्जी जारी गरिएकोमा घरद्वार पत्ता नलागेको भन्दै अदालतले बाटोको म्‍यादबाहेक ३५ दिनभित्र अदालतमा हाजिर हुन सूचना जारी गरेको हो ।

न्यायाधीश ध्रुवकुमार शाहको इजलासले २१ फागुनमा पत्रिकामा म्याद सूचना प्रकाशित गर्ने आदेश दिएको थियो । पक्राउ पूर्जीसहितको म्याद सूचना प्रकाशित गरे पनि नभेटिएपछि उनलाई हाजिर हुन भनिएको थियो ।

अदालतले तोकेको समयमा हाजिर नभए कानून अनुसार हुने भनिएको छ । राउतविरुद्ध मुलुकी फौजदारी संहिता, राज्यविरुद्धको संगठित अपराध अन्तरगत दफा ४९ को नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, खण्डता वा राष्ट्रिय एकतामा खलल पारेको अभियोग लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्