Logo
Logo

सुरेन्द्र पाण्डे र घनश्याम भुसालाई पुनः स्पष्टीकरण सोधिने


दृष्टि संवाददाता


काठमाडौं । नेकपा (एमाले)का नेताद्वय सुरेन्द्र पाण्डे र घनश्याम भुसालाई पुनः स्पष्टीकरण सोधिने भएको छ ।

यसअघिको स्पष्टीकरणको निर्देशन पालना नगरेका उनीहरूलाई फेरि स्पष्टीकरण सोध्ने निर्णय भएको हो ।  यसअघिको स्पष्टीकरणको जवाफ नदिनुको कारणसहित अविलम्ब पुनः स्पष्टीकरण सोध्ने निर्णय भएको एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए।

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावलसँगै उनीहरूलाई पनि स्पष्टीकरण सोधिएको थियो । पार्टी हितविपरीत काम गरेको भन्दै उनीहरूलाई स्पष्टीकरण सोधिएको थियो।

उनीहरूलाई यसअघिको निर्देशनअनुसार स्पष्टीकरण नदिनुको कारणसहित फेरि तुरुन्त स्पष्टीकरण दिन भनिएको छ । चित्तबुझ्दो जवाफ नदिएको भन्दै ओलीले नेपाल र रावललाई ६ महिनाका लागि निलम्बन गरेका छन्। ‍

प्रतिक्रिया दिनुहोस्