Logo
Logo

ओलीले गरेको निलम्बनकाे निर्णय मान्दिन : भीम रावल


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमाले नेता भीम रावलले पार्टीबाट निलम्बन गर्ने प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको निर्णय पूर्णरूपमा अस्वीकार गर्ने बताएका छन् ।

निर्णयको विरुद्धमा नेता रावलले भने ‘नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी भंग गरी गठन गरिएको अवैध राष्ट्रिय महाधिवेशनको अध्यक्ष स्वयं असंवैधानिक भएकाले केपी शर्मा ओलीबाट गरिएको निर्णयको भर्त्सना गर्दै पूर्णरूपमा अस्वीकार गर्दछु ।’

यसअघि ओलीले केन्द्रीय कमिटी भंग गरेर मंसिरमा महाधिवेशन गर्ने निर्णय लिएका थिए । रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले कारवाहीलाई  निरंकुश र स्वेच्छाचारी कुकृत्य संज्ञा समेत दिएका छन्।

पार्टी अध्यक्ष ओलीले सोमबार लेखेको कारवाहीको पत्रमा भीम रावललाई ‘आफ्ना विचार र क्रियाकलापहरु सच्याइ पार्टीका पक्षमा आएमा पार्टीले निलम्बन अवधिको बीचैमा पनि निलम्बनको अवधि घटाउने निर्णय गर्न सकिने’ उल्लेख गरेका थिए । पार्टीले सोधेको स्पष्टीकरणमा आफ्ना त्रुटि अस्वीकार गरेको समेत उनले उल्लेख गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्