Logo
Logo

प्रदेश १ नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा इन्द्र आङ्बो


दृष्टि संवाददाता


विराटनगर । प्रदेश १ नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो चयन भएका छन्। दलको आज (सोमबार) बसेको बैठकले निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका आङ्बोलाई दलको नेता चयन गरेको हो।

सोही बैठकले उपनेतामा रामकुमार राई, प्रमुख सचेतकमा झलकसिंह दर्लामी र सचेतकमा सौभाग्यवतीदेवी राई चयन भएका छन्।

तत्कालीन नेकपा संसदीय दलका उपनेता रहेका ताप्लेजुङ ‘ख’ बाट निर्वाचित टंक आङ्बुहाङ नेकपा प्रवेश गरेपछि माओवादी केन्द्रको संसदीय दलको नेताको पद रिक्त थियो।

सोही बैठकमा प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री रहेका टंक आङ्बुहाङलाई २४ घण्टाभित्र स्पष्टीकरण सोध्ने निर्णय भएको जानकारी दिँदै इन्द्र आङ्बोले भने, ‘उहाँले २४ घण्टाभित्र दल त्याग गर्नुभएको हो या दलमा फर्किनु हुने हो, उहाँको अवस्थाबारे स्पष्टीकरण दिनुहुन्छ, २४ घण्टाभित्र स्पष्टीकरण आएन भने दलसम्बन्धी ऐनअनुसार संसदमा उहाँको पद रिक्त भएको सूचना संसद सचिवालयमा हामी पठाउँछौं।’

आङ्बोले संसदमा अविश्वासको प्रस्ताव रहँदा रहँदै मुख्यमन्त्री राईले मन्त्रिपरिषद विस्तार गर्नु संसदीय मूल्यमान्यता विपरीत रहेको टिप्पणीसमेत गरे।

प्रतिक्रिया दिनुहोस्