Logo
Logo

रुपन्देहीका दुई एसपी र सिडिओको सरुवा


दृष्टि संवाददाता


काठमाडौं, १६ चैत ।
रुपन्देहीका सिडिओ तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीका एसपीको एकैचोटी सरुवा भएको छ । अर्थमन्त्री विष्णु पौडेलको सिफारिसमा उनीहरुको सरुवा भएको स्रोत बताउँछ ।


रुपन्देहीका सिडिओ पिताम्बर घिमिरेको पर्सामा सरुवा भएको छ भने पर्साका आसमान तामाङलाई रुपन्देहीमा पठाइएको छ । त्यस्तै एसपी प्रवीण पोखरेलको सरुवा गरी मनोज केसीलाई सरुवा गरिएको छ । सशस्त्रका एसपी भरत खनियाँको पनि सरुवा भएको छ ।
मोतीपुर औद्योगित क्षेत्रको शिलान्यासको क्रममा बलियो सुरक्षा प्रबन्ध गर्न नसेको आरोप उनीहरुलाई लागेको छ । अर्थमन्त्रीको हितमा काम नगरेकाले उनीहरुलाई बालुवाटारको सिफारिसमा सरुवा गरिएको गृह मन्त्रालय स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्