Logo
Logo

को–को प्रहरी छानबिनमा ?


दृष्टि संवाददाता


काठमाडौं । सिन्धुलीका एसपी आभूषण तिमल्सिना साढे दुई महिनामै केन्द्र तानिए । रुखो कार्यशैली र अनियमितता बाहिर आएपछि उनलाई हटाएर गत साता गोविन्द थपलियालाई सिन्धुली पठाइयो ।

यसअघि बाग्लुङका एसपी लोकेन्द्र श्रेष्ठलाई पनि ६ महिनामै जिल्लाबाट हटाइएको थियो । नेपाल प्रहरीमा तिमल्सिना र श्रेष्ठ यस्ता प्रहरी अधिकृत हुन्, जसले कार्यालय प्रमुखका रुपमा आफ्नो कार्यकाल विरलै पूरा अवधि काम गरेका छन् ।

तिमल्सिना यसअघि स्याङजा र कैलालीबाट पनि केही महिनामै हटाइएका थिए । इन्सपेक्टरमा दरबारमार्ग हुँदा पनि उनी अनेक काण्डमा परे । तर, उनको कार्यशैली सुध्रिएको छैन ।

अन्य जिल्लाका केही एसपीमाथि समेत छानबिन भइरहेको स्रोत बताउँछ । मकवानपुरका एसपी सोमेन्द्रसिंह राठौरलाई पनि प्रहरी प्रधान कार्यालयले स्पष्टिकरण सोधेको छ । क्रसरबाट पैसा उठाउन लागेको र घुुमवा परिचालन गरेर पैसा उठाएको उजुरी माथिल्लो निकायमा पुगेको छ ।

त्यस्तै, कपिलवस्तुका एसपी नवराज अधिकारीले पनि तस्करीको सेटिङ मिलाएको भन्दै हेडक्वार्टरमा उजुरी परेको छ । तस्करीमा संलग्न केही व्यक्तिको घरमा गएर उनी जुवा नै खेल्ने गरेको स्रोत बताउँछ । बाँकेका एसपी ओमबहादुर रानाविरुद्ध समेत उजुरी परेपनि गृहमन्त्रीको आशिर्वाद रहेकालाई उनलाई कारबाही हुन सकेको छैन ।

उता प्रहरी प्रधान कार्यालयले उपत्यकाका वृत्तका डिएसपीहरु पनि हेरफेर गर्न लागेको छ । बौद्ध तथा अनामनगर वृत्तका डिएसपीको एक वर्ष पुगिसकेको छ । अन्य केही वृत्तका डिएसपीको १० महिना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्