Logo
Logo

जग्गाको खेलमा पूर्व एसएसपी

दृष्टि संवाददाता

काठमाडौं । गहना पोखरी टंगालको जग्गामा पार्टी प्यालेस बनाउने बतास समूहको योजनामा प्रहरी अधिकारीको समेत मिलेमतो पाइएको छ । पूर्व एसएसपी शिवराम खड्का सो गिरोहमा आबद्ध छन् ।

सो समूहले काठमाडौंको टंगालस्थित लक्ष्मीनारायण मन्दिरको करिब आठ रोपनी जग्गामा व्यापारीक भवन बनाउने तयारी गरिरहेको छ । मन्दिरलाई एनजीओका रुपमा दर्ता गरेर जग्गा लिजमा लगाई बतासलाई दिन लागिएको हो । स्रोतका अनुसार पूर्व एसएसपी खड्का छोरा बतास ग्रुपकै कम्पनीमा कार्यरत छन् । त्यसकारण मन्दिरको जग्गामा सेटिङ मिलाउन सहज भएको हो ।

यसमा अन्य केही पूर्व सचिव लगायतको समूह समेत लागेको छ । तर, वडा कार्यालयसँग सेटिङ नमिल्दा अझै नक्सापास हुन सकेको छैन । यसविरुद्ध स्थानीयवासीहरुले भने विभिन्न निकायमा उजुरी गरेका छन् ।

बतास समूहले सरकारको आशिर्वादमा सरकारी जग्गामा मस्ती गर्दै आएको छ । पशुपतिको धर्मशाला लिजमा लिएर होटल र अफिस बनाएको छ । त्यस्तै, पाटन दरबार क्षेत्रमा सस्तोमा भवनहरु लिजमा लिएर महंगोमा लिजमा लगाएको छ । नारायणहिटी दरबारभित्र समेत बतास समूहले असारदेखि क्याफे सञ्चालन गर्न लागेको छ । सो समूहले गहनापोखरीमा रहेको लक्ष्मी नारायण मन्दिरको जग्गा पनि लिजमा लिन चलखेल गरिरहेको छ । यसमा अख्तियारको ध्यान जानुपर्ने स्थानीयको माग छ ।

प्रतिक्रिया दिनुहोस्