Logo
Logo

माधव-झलनाथ ​पक्षको स्थायी कमिटी बैठक जारी


दृष्टि संवाददाता


काठमाडौं । नेकपा (एमाले )का वरिष्ठ नेता माधव कुमार नेपालल र झलनाथ खनाल पक्षको स्थायी कमिटी बैठक जारी छ । काठमाडौंको कंलकीस्थित एक पार्टी प्यालेसमा माधव–झलनाथ पक्षको बैठक बसिरहेको छ ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी हितविपरीत कारबाही गरेको भन्दै माधव नेपाल र भीम रावललाई ६ महिनाको लागि साधारण सदस्यबाट निलम्बन गरेपछि माधव पक्षधरले बैठक बोलाएको हो । बैठकमा माधव–झलनाथ पक्षका केही केन्द्रीय सदस्य पनि सहभागी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार वरिष्ठ नेता नेपाल र स्थायी कमिटी सदस्य भीम रावललाई ६ महिनाका लागि निलम्बन गरेका थिए । आजको बैठकले पार्टीमा वारपार हुनेगरी निर्णय गरेर जाने बुझिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्