Logo
Logo

थारुवान-थारुहट संंघर्ष समिति र सरकारी वार्ता टोलीबीच छलफल


दृष्टि संवाददाता


काठमाडौं । विभिन्न माग राखी आन्दोलनरत थारु कल्याणकारी सभा, थारुवान(थारुहट संयुक्त संघर्ष समिति र सरकारी वार्ता टोलीबीच छलफल भएको छ ।

कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई सर्वश्वसहित जन्मकैदको सजाय सुनाइएका निलम्बित सांसद रेशम चौधरीको रिहाइको माग राखी आन्दोलनमा उत्रिएको संघर्ष समितिले सरकारी वार्ता टोलीसँग मंगलबार गृहमन्त्रालयमा छलफल गरेको हो ।

सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई र पूर्व सासंद भगवती चौधरी सदस्य छन् । थरुहटका तर्फबाट रुक्मिणी चौधरीको संयोजकत्वमा प्रेमलाल चौधरी, पदम नारायण चौधरी, चन्द्रबहादुर चौधरी, प्रभात चौधरी सहभागी वार्ता टोली छ ।

टीकापुर घटनामा थारु कल्याणकारी सभाका अध्यक्ष धनिराम चौधरी, सांसद रेशम चौधरी लगायत माथि लगाइएको मुद्दा फिर्ता गरिनुपर्ने, थरुहट आन्दोलनको क्रममा मारिएकालाई सहिद घोषणा गर्नुपर्ने, लोकसेवा आयोगलगायत राज्यका विभिन्न निकायमा थारु समुदायका लागि छुट्टै आरक्षणको व्यवस्था गर्नुपर्ने सहितका १९ बुँदे माग राखेर केही दिनदेखि उनीहरु आन्दोलनमा छन् ।

प्रतिक्रिया दिनुहोस्