Logo
Logo

साउनबाट वृद्धभत्ता बढ्छ : प्रधानमन्त्री ओली


दृष्टि संवाददाता


काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षबाट वृद्धभत्ता बढ्ने जानकारी दिएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै  उनले आउने साउनबाट वृद्धभत्ता बढ्ने बताएका हुन् ।

‘पहिलो बजेटमै वृद्धभत्ता किन बढाइएन भनी उधुम मच्चाइयो,’ ओलीले भने, ‘साउन १ बाट सामाजिक सुरक्षा भत्ता अलि बढ्छ नै।’

सरकारले वृद्धवृद्धालाई हेर्न थालेकोमा मानिसहरूलाई छटपटी लागेको उनले बताए । ‘सामाजिक सुरक्षा भत्ता साउन १ गतेबाट बढ्छ । यो सुन्दा मान्छेहरूलाई अर्को छटपटी सुरू होला । कसैलाई आपत्ति लाग्छ भने लागोस् । कसैलाई निद्रा लाग्दैन भने नलागोस्,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्