Logo
Logo

साउन १ देखि सामाजिक सुरक्षा भत्ता बढ्छ : प्रधानमन्त्री


दृष्टि संवाददाता


काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता वृद्धि हुने घाेषणा गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले समाजिक सुरक्षा भत्ता बढ्ने बताएका हुन् ।

उनले भने, ‘हामी साउन १ गतेदेखि वृद्धभत्तालगायत सामाजिक सुरक्षा भत्ता बढाउँछौँ। यो सुन्दा मान्छेहरूलाई अर्को छटपटी भयो होला।’

उनले आफूले देश विकासको लहर ल्याएकाले हटाउन खोजेको आरोप लगाए। ‘देश संकटमा पर्‍याे रे? कहाँ पर्‍याे देश संकटमा ? कहाँ पर्यो संघीयतामाथि संकट?’ उनले भने।

नेपाललाई समृद्ध बनाउने अभियानमा आफूहरु लागिरहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्