Logo
Logo

देउवा र प्रचण्डबीच भेटवार्ता


दृष्टि संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । देउवा निवास बुढानिलकण्ठमा पुगेर प्रचण्डले देउवासँग भेटवार्ता गरेका हुन् ।

उनीहरूबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको देउवाको सचिवालय स्रोतले बताएको छ । प्रचण्डले जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसँग पनि आजै भेटेका छन् ।

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन कांग्रेस, माओवादी केन्द्र र जसपाको गठबन्धन बनाएर जाने विषयमा चर्चा भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्