Logo
Logo

माधव नेपालले बामदेवलाई भने : ‘ओलीविरुद्ध सँगै लडौँ’


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमाले नेता माधवकुमार नेपाल र वामदेव गौतमबीच छलफल भएकाे छ । पार्टी अध्यक्ष केपी शर्मा ओली ६ महिना निलम्बन गर्ने कारवाही गरेसँगै नेपाल र गाैतमबीच छलफल भएकाे हाे ।

गौतमका छोरा हरिष गौतमको कार्यालयमा भएको भेटमा अध्यक्ष ओलीका एक पछि अर्को घातक कदमविरुद्ध एक भएर अघि बढ्न नेपालले गौतमलाई आग्रह गरेका छन् ।

छलफलमा गौतमलाई आफूसँग मिलेर अघि बढ्ने र ओलीका हरेक क्रियाकलापकाे भण्डाफोर गर्ने नीति अनुसार अघि बढ्नुपर्ने समेत नेपालले गौतमलाई आग्रह गरेका हुन् ।

सोमबार वरिष्ठ नेता नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टीले कारवाही गरेसँगै निर्णय नमान्ने अडानसहित नेपाल ओलीविरोधी नेतालाई एक गरेर अघि बढ्ने नीति लिइरहेका छन् । त्यसै सिलसिलामा मंगलबार नेता गौतमसँग छलफल भएको हो ।

पार्टीलाई एक बनाएर अघि बढ्नुपर्ने भन्दै गौतम ओली र नेपाल कुनै समूहको पनि पक्षमा लागेका छैनन् । यद्यपी, केही दिन ओलीले बोलाएको संसदीय दलको बैठकमा गौतम पनि सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्