Logo
Logo

माधव-झलनाथ ​पक्षको निष्कर्ष : ओलीले कम्युनिष्ट आन्दोलन ध्वस्त पारे


दृष्टि संवाददाता

567
Shares

काठमाडौं । नेकपा (एमाले )का वरिष्ठ नेता माधव कुमार नेपालल र झलनाथ खनाल पक्षको स्थायी कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीले पार्टी र सिङ्गो कम्युनिष्ट आन्दोलनलाई नै ध्वस्त बनाउन लागेको आरोप लगाएका छन् ।

कलङ्कीको मेघा पार्टी प्यालेसमा आज (मंगलबार) बसेको नेपाल–खनाल पक्षको वैठकपछि ११ स्थायी कमिटी सदस्यहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा ओलीले पार्टी र कम्युनिस्ट आन्दोलन ध्वस्त बनाउन लागेको निष्कर्ष निकालिएको छ ।

‘नेपाली जनताले पाँच वर्षका लागि निर्वाचित गरेको प्रतिनिधि सभालाई अवैधानिक किसिमले विघटन गर्ने निर्णय बदर भएपछि उत्तेजित बन्नु भएका केपी शर्मा ओलीबाट राज्यका विभिन्न निकायलाई निकम्मा बनाउनुका साथै नेकपा एमाले विभाजित गरी कम्युनिष्ट आन्दोलनलाई ध्वस्त गर्ने षड्यन्त्रपूर्ण काम भइरहेका छनु’, बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीद्वारा एकपछि अर्को गर्दै निरंकुश र स्वेच्छाचारी कार्य भइरहेको र राज्य सत्ताको दुरुपयोग गरेर तानाशाहअी लाद्ने दुष्प्रयास भइरहेको आरोप समेत लगाइएको छ । ओलीले माओवादी केन्द्रसँग आफैले गरेको सम्झौता विपरीत एकीकरणविरुद्ध लाग्ने मात्रै नभई एमाले विभाजन गर्न लागेको आरोप विज्ञप्तिमा लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्