Logo
Logo

ओलीलाई सुरेन्द्र पाण्डेको प्रश्न, ‘प्रचण्डको मतियार तपाईं कि म ?’


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पार्टी अध्यक्ष केपी शर्मा ओलीले लगाएको आरोपसहितको स्पष्टीकरण गलत भएको दावी गरेका छन् । दोस्रो पटक आएको स्पष्टीकरणको जवाफ दिँदै नेता पाण्डेले आफूमाथि लगाएको आरोपको खण्डन गर्दै उल्टै अध्यक्ष ओलीमाथि प्रश्न तेर्साएका छन् ।

९ पृष्ठ लामो जवाफ पेश गर्दै पाण्डेले लेखेका छन् ‘तपाईंले मलाई आरोपका रुपमा विभिन्न प्रश्नहरु तेर्स्याउनुभएको छ । प्रश्नहरु हेर्दा तपाईंमाथि नै धेरै प्रश्नहरु सोझिएका छन् ।’ उनले प्रतिनिधिसभा विघटन लगायतका क्रियाकलापको भारी पार्टीलाई बोकाउन खोजेको आरोप लगाउँदै पार्टी फुटाउन खोज्नु रहस्यमय भएको समेत बताएका छन् ।

पत्रमा प्रचण्डको मतियार भनेर गरिएको प्रश्नप्रति असन्तुष्टी जनाउँदै नेता पाण्डेले ओलीलाई नै प्रचण्डसँग गोप्य सहमति गर्ने भन्दै मतियार को हो भन्दै प्रश्न गरेका छन् । ‘प्रचण्डसँग १५ असोज २०७४ मा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल गर्ने र सिट बाँडफाँट गर्ने तथा ३ जेठ २०७५ मा पार्टी एकता गर्दा आलोपालो अध्यक्ष र आधाआधी प्रधानमन्त्री हुने गोप्य सहमति ओली आफैंले गर्ने । अब तपाईं आफैं भन्नुस्, प्रचण्डको मतियार तपाईं हो कि अरु कोही ?’

पार्टी निर्देशन विपरीत कार्यकर्ता भेला गरेर समानान्तर कमिटी बनाउनुलाई पाण्डेले बाध्यात्मक कदम भएको बताएका छन् । उनले ओलीलाई ‘तपाईंले पार्टी एकता बचाउन हामीले गरेको लचकतापूर्ण प्रस्तावलाई अस्वीकार गरेपछि हामी उक्त भेला गर्न बाध्य भएका थियौं ।’ भन्दै प्रश्न गरे ।

पाण्डेको स्पष्टीकरणको पूर्णपाठ

प्रतिक्रिया दिनुहोस्