Logo
Logo

एक्लिँदै ओली, जसपाले पनि साथ नदिने संकेत


दृष्टि संवाददाता


काठमाडौं । माओवादी केन्द्रले समर्थन गरिरहेकाले एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरिरहेको सरकार चलिरहेको छ ।

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै ओलीको सरकार अल्पमतमा पर्छ । त्यसैलाई ध्यानमा राख्दै प्रधानमन्त्री ओली संसदीय गणितीय खेलमा लागेका छन् । दुई साता यता जनता समाजवादी पार्टीसँग उनकाे बाक्लै हिमचिम छ ।

यतिसम्मकी जसपालाई पार्टी नै नगन्ने ओलीले एमालेबाट कार्यदल नै बनाएर उसको माग सम्बोधन गर्न वार्ता र छलफललाई बढी प्राथमिकता दिइरहेका छन् ।

ओलीको सक्रियतामा कार्यदलले होस्टेमा हैँसे गरिरहँदा जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पनि माग सम्बोधन गर्न कार्यदल बनाएरै छलफल गरिरहेका छन् ।

अध्यक्षद्वय उपेन्द्र यादव र बाबुराम भट्टराई असन्तुष्ट हुँदा पनि छलफल जारी छ । जसपाको समस्या ओलीले प्रधानमन्त्री पद टिकाउन मात्रै लागिरहेको बुझिरहँदा जसपाले ओलीलाई साथ र समर्थन नदिने बुझिएको छ ।

मंगलबार रिपोर्टस् क्लबले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिका रूपमा सहभागी भए । उनीसँगै जसपाका अध्यक्षद्वय ठाकुर र यादव पनि सहभागी थिए ।

त्यसक्रममा पोडियममा पुगेर अध्यक्ष ठाकुरले मधेशको समस्या समाधान गर्न प्रधानमन्त्रीले देखाएको चासोप्रति सदासयता व्यक्त गरे । तर, त्योसँगै उनले सरकारमा सहभागी नहुने संकेत दिए । कार्यक्रममा ठाकुरले भने ‘सरकारमा सहभागी हुन हाम्रो हातगोड बाँधिएको छ ।’

ठाकुरले आफूहरुको प्राथमिकता सरकार नभइ मुद्दा भएको बताए । ‘ओलीजी प्रधानमन्त्री बन्नुभएदेखि नै हामीलाई आउनुस भन्नुभएको हो । तर, हाम्रो जवाफ छ, हाम्रो मुद्दातिर ध्यान दिनुस् । हाम्रो हातगोडा बाँधिएको छ, कसरी सरकारमा आउने ’ ठाकुरले भने ।

ठाकुरको यो भनाइलाई नै ध्यान दिने हो भने जसपा अहिले निहित मुद्दा सरकारले पूरा दिने अपेक्षामा मात्रै बसेको छ । अर्थात् उसको सिधा अर्थ ओलीलाई कुनै पनि हालतमा हाम्रो सरकारमा सहभागी हुने गरी समर्थन नहुने भन्ने बुझाउँछ ।

उता, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मंगलबार मात्रै कांग्रेस सभापति शेरबहादुर देउवा र जसपाका अर्का अध्यक्ष भट्टराईसँग भेट गरिसकेका छन् । भेटमा दुई तीन दिनमै सरकारलाई दिएको समर्थन फिर्ता लिने प्रचण्डले बताएका छन् । यस्तो अवस्थामा प्रधानमन्त्री ओली समस्यामा पर्ने निश्चित छ ।

 

प्रतिक्रिया दिनुहोस्